बालकृष्ण पाण्डे, २१ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहास अधिवेशन देउखुरीको लाममटीयमा सुरु भएको छ । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट एक सय बढी पत्रकाहरुको सहभागिता रहेको छ । आजै सम्पन्न हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन सत्रमा वक्ताहरुले आफ्नो भनाइ राख्ने क्रम जारी रहेको छ ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता तथा एमालेका केन्द्रिय सचिव छविलाल  विस्वकर्माकाे   प्रमुख आथित्यमा भएको कार्यक्रममा एमालेका पोलिट ब्युरो सदस्य सुर्य थापा, केन्द्रिय सदस्य गंगा चौधरी, प्रेस काउन्सील नेपालका केन्द्रिय सदस्य सरदर अधिकारी, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज सविन प्रियासन, एमाले दाङका सचिव मनाेहर बुढाथाेकी, नेपाल पत्रकार महासंघका दा‍‍ङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र विवस डिसी, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको छ । अहिले पनि मन्तव्य राख्ने क्रम जारी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर