
हापुरे २१, फागुन ।
नेकपा एमाले बबई ४ ले श्रद्धान्जली सभा सम्पन्न गरेको छ । पार्टिका संगठित सदस्य बबई गाउँपालिका वडा नं. ४ निवासी वीरबहादुर बिक र सरोज सुनारकी ममतामयि आमाको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । उहाँको ६७ वर्षको उमेरमा निधन भएको थियो ।
श्रद्धान्जली सभा नेकपा एमाले बबई ४ का अध्यक्ष नारायण परियारको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला सदस्य प्रेमबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सदस्य शान्ता बिश्वकर्मा, एमाले बबईका अध्यक्ष जितबहादुर वली, नेकपा माआबादी केन्द्र बबईका सहसचिव खुमबहादुर बिक लागाएतकाले मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो ।


श्रद्धान्जली सभामा मृतक आमाको जिवनीको बारेमा उहाँका कान्छा छोरा वीरबहादुर बिश्वकर्माले बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले बबई ४ का सचिव जिवन वलीले गर्नु भएको थियो ।