२०, फागुन ।

पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ११ जना र १ हजार ८ सय ४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी जम्मा १ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल ७ हजार २ सय ४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८ सय ८७ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय ४५ पुगेको छ भने ९ लाख ५८ हजार १ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर