रामप्रसाद सुवेदी, २० फाल्गुन ।

साहित्यिक चाैतारी नेपालकाे ८ ओैं वार्षिकाेत्सव वीरगञ्जमा विविध कार्यक्रम गरी मनाउने भएकाे छ । वीरगञ्जकाे कुमु प्यालेसमा फाल्गुन २१ गते शनिबार कृति विमाेचनसहित रचना वाचन कार्यक्रम तय भएकाे साहित्यिक चाैतारी नेपालकी अध्यक्ष गीता भण्डारीले जानकारी दिनुभयाे ।

 

कार्यक्रममा साहित्यिक चाैतारी नेपालका सातै वटा शाखाबाट प्रतिनिधिका रूपमा उपस्थित साहित्यकारका रचना वाचन, ४ वटा कृति विमाेचन, अतिथि कविहरूका प्रस्तुति, स्थानिय कला संस्कृति झल्किने अनेकाैँ कला प्रस्तुति,साहित्यमा अतुलनीय याेगदान दिने साहित्यकारहरूलाई सम्मान र आजीवन सदस्यहरुलाई सम्मान लगायतका कार्यक्रम तय भएको साहित्यिक चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदी संगमले जानकारी दिनुभयो ।

नेपाली साहित्यकाे विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत सक्रिय साहित्यिक चौतारी नेपालका सात वटै प्रदेश शाखा देश भन्दा बाहिरका शाखाहरू र जिल्ला शाखा तथा ईकाई कमिटी गरी झण्डै ३३ वटा शाखा समिति रहेका छन् । साहित्यिक चाैतारी नेपालकाे स्थापना २०७१ माघ २६ गते भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर