१८ फागुन ।

दाङकाे बबई गाउँपालिका वडा नं. ७ मा ३ दिने आदिवासी जनजाति शसक्तिकरण तालिम सुरू भएकाे छ । छहरा मिडिया प्रा.लि.काे आयाेजना तथा ७ नं. वडा कार्यालयकाे आर्थिक सहयाेगमा संचालित ३ दिने आदिवासी जनजाति शसक्तिकरण तालिमकाे आज एक कार्यक्रमका विच उदघाटन गरिएकाे हाे ।

 

छहरा मिडिया प्रा.लि.का निर्देशक प्रेम पुनकाे अध्यक्षता एवं वडा अध्यक्ष महाविर चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष चाैधरीले आदिबासी जनजाति पनि अब शसक्त भएर अगाडि बढ्नु पर्ने बताउनुभयाे । विभिन्न नेतृत्वदायी भुमिका जिम्मेवारी लिएर समाजलाई परिवर्तन गर्नुपर्ने कुरामा जाेड दिनुभयाे ।

३ दिने आदिवासी जनजाति शसक्तिकरण तालिममा विभिन्न टाेलका महिला पुरूष गरी ३० जनाकाे सहभागिता रहेकाे छ । तालिममा लक्ष्मीमान चौधरी, इन्द्र वहादुर चाैधरी प्रशिक्षक रहनु भएकाे छ । कार्यक्रमकाे सहजिकरण टाेप वहादुर चाैधरीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर