
१८, फागुन ।
सरकारले भोलि फागुन १९ गते बिहिबार सार्वजनिक बिदा दिएकाे छ । सरकारले ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिउको छ।’