
१५,फागुन ।
दाङकाे दुधरासमा हाइस र माेटरसाइकल एक आपसमा ठोक्किदा हाईसमा आगलागी भएकाे छ । घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको हाइस र तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल दुधरासको सोनापुर मिनिरल्स आयल्स कम्पनीको गेट नजिकै एकआपसमा ठोक्कीदा हाइस गाडि जलेर पुर्ण रुपले नष्ट भएको छ भने उक्त गाडीमा सवार ५ जना घाईते भएको प्रहरीले बताएको छ ।


घाईतेहरुलाई राप्ती प्रादेशिक अस्पताल उपचारका लागी लगिएको छ । घाईते ५ जना मध्ये दुई जनाको अबस्था गम्भिर रहेकाे प्रहरीले बताएको छ । घटनाको क्षतिको बिवरण आउन बाँकी रहेकाे प्रहरीकाे भनाई छ ।