
तुलसीपुर १५, फागुन ।
तुलसीपुर उद्योग बणिज्य संघले आफ्ना अग्निपिडित ब्यबसायि हरुलाई ५ लाख ५२ हजार सहयोग गरेको छ । तुलसीपुर ङ लाईन स्थित ईरम स्टोरमा आगजनि हुँदा पाच जनाको मृत्यु भएको थियो । त्यस्तै केहिदिन अघि पर्सेनिको एक किराना पसलमा आगलागी हुँदा सबै जलेर नष्ट हुन पुगेको थियाे । अग्नि पिडित ब्यबसायिहरुलाई बाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाईमा उनिहरुलाई चेक हस्तान्त्रण गरेको हाे । बिभिन्न उपसमिति,सङ्घसंस्था र कार्यसमितिबाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको हो ।
तुलसीपुरका अग्निपिडितहरुलाई ५ लाख १ हजार र पर्सेनिका अग्निपिडितलाई ५१ हजार रकम उपलब्ध गराएको बाणिज्य सङ्घका महासचिब बिनिल केसिले जानकारी दिनुभयो । पदाधिकारीहरुबाट एक लाख राहतकोषबाट एक लाख,किराना ब्यबसायि उपसमिति बाट ६१ हजार,फेन्सि बाट ५८ हजार,ईलेक्ट्रिकबाट १६ हजार ९ सय,सुनचादिबाट ११ हजार,स्टेशनरिबाट २५ हजार रकम प्राप्त भएको थियो ।
त्यसै गरि फोटो ग्राफरबाट १२ हजार,ग्यास ब्यबसायिबाट १० हजार,ईलेक्ट्रोनिक्स मोबाईलबाट १२हजार ५ सय,मासु ब्यबसायिबाट ८ हजार ९ सय,खाधान्नबाट २० हजार,लिकर्सबाट १४ हजार ८ सय र फलफूलबाट २२ हजार र कपडा ब्यबसायि उपसमितिबाट सङ्कलन भएको रकम उधोग बाणिज्य सङ्घमा जम्मा भएको थियो ।
अग्नि पिडितहरुका लागि रकम सङ्कलन गर्ने अभियान अझै पनि जारि छ तुलसीपुर उद्योग बणिज्य संघका कोषाध्यक्ष देबबहादुर केसिले भन्नुभयो । यस्तो महाबिपत्तिमा सहयोग नगरे कहिले गर्ने उहाँले प्रस्न गर्नु भयो । साथै उहाँले सबैले अग्नि पिडितहरुलाई सहयोग गर्न पनि अपिल गर्नु भएको छ ।