
हापुरे १४ फागुन ।
शान्तिनगरमा कम्यूनिष्टहरुको सयूक्त भेला सम्पन्न भएको छ । कम्युनिस्ट पाटिहरूको सयुक्त भेला शान्तिनगर गाउँपालिका वडा २ को पेदामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले , नेकपा माऔवादि केन्द्र, नेकपा एकिकृत समाजवादि र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि जिल्ला तथा स्थानिय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।


भेलामा सवै नेकपा एमालेका जिल्ला कमिटि सदस्य विष्णु केसि , दिपक चन्द , नेकपा एमाले शान्तिनगर अध्यक्ष धन वहादुर केसि, नेकपा माऔवादि केन्द्र शान्तिनगर गाउपालिमा वडा न २ का अध्यक्ष मान सिङ केसि, माऔवादि केन्द्रका नेता वलबहादुर वुढा, नेकपा एकिकृत समाजवादिका गाउपालिका अध्यक्ष खम्वु जैसी, विप्लव नेतृत्वको नेकपा को तर्फ वाट विजय केसि लगाएतकाको सहभागिता रहेको थियो ।
केही दिन अघि नेपाली काँग्रेस शान्तिनगर २ को भवन निर्माणका लागी सुरु भएको र उक्त भवन सार्वजनिक जग्गामा बन्न लागेको बिराधमा भेला गरिएको भेलामा सहभागी हरुले बताएका छन् । सरकारी सार्वजनिक जग्गामा कुनै पार्टिको पार्टि कार्यालय स्थापना हुनु समाजका लागी उपयूक्त कुरा नभएको भेलामा उपस्थित नेताहरुलेब बताएका छन् ।
शान्तिनगर २ को वडा कार्यालय र स्वास्थ्य चौकी बिचको सार्वजनिक जग्गामा पार्टिको कार्यालयको भवन बन्न सुरु गर्दा समेत स्थानिय सरकार मुख दर्शक बनेर बसेकोमा उपस्थित नेताहरुले दुख ब्यक्त गरेका छन् । साथै सयूक्त भेलाबाट सार्वजनिक जग्गामा बन्न लागेको पार्टि कार्यालयको भवनको काम तत्काल बन्द गर्न समेत माग गरेका छन् । भेला पछि संयूक्त बिज्ञप्ती निकाल्दै उनीहरुले सार्वजनिक जग्गामा कुनै पनि पार्टीको भवन बन्न नहुने भन्दै वडा कार्यालय, गाउँपालिका कार्यालय, जिल्ला प्रसासन कार्यालय लगाएत बिभिन्न राजनितिक दलका कार्यालयहरुलाई आफ्ना माग सहितको पत्र पठाएका छन् ।