
हापुरे १३, फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन बबईको भेला आज बबई गाउँपालिकाको हापुरेमा सम्पन्न भएको छ । भेला यूनियनका बबई अध्यक्ष शिव प्रसाद केसीको अध्यक्षता तथा यूनियनका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सह ईन्चार्ज बर्षात भन्डारीको प्रमुख आतिथ्यता एवम नेकपा एमाले बबई ४ का वडा अध्यक्ष नारायण परियारको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।


भेलामा बोल्दै प्रमुख अतिथि भन्डारीले बिद्यार्थी भनेको देशको ठुलो शक्ति भएको बतााउदै बिद्यार्थी संगठित भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले अहिले बिद्यार्थी संगठनको काम गर्ने भविष्यको नेता हुने बताउदै बिद्यार्थी राजनितीबाट सफल नेता बन्न सकिने बताउनु भयो । त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी नारायण परियारले नेतृत्व बिकासका लागी बिद्यार्थी जिवनबाट अघि सर्नु पर्ने बताउनु भयो । बिद्यार्थी कितावि किरो मात्र नभई सामाजिक बिकासको उत्तरदायि हुनु पर्ने बताउदै समाज परिवर्तनका लागी संगठित भएर हातमा हात जोडेर हिड्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा बबई गाउँपालिकाका सबै बिद्यालयमा गठन गरिएका ईकाई कमिटीका पदाधिकारीको उपस्थिती रहेको थियो । माबि चरकमटियाका ईकाई उपाध्यक्ष प्रकाश बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा यूवा संग बबईका कोषाध्यक्ष शिशिर बिश्वकर्मा, नेकपा एमाले बबई ४ सचिव जिवन वली लगाएतले बोल्नु भएको थियो ।