
११, फागुन ।
भोली नेपाल बन्द हुने भएको छ । समाजबादी केन्द नेपालले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै १२ गते बिहिबार नेपाल बन्दको घोषणा गरेको हो । यस अघिको संसद बैठकमा एमसिसि टेबल भएको र १२ गते बस्ने संसद बैठकले पारित गर्ने बताउदै त्यसको बिरोधमा नेपाल बन्दको घोषणा गरिएको बिज्ञप्ती मार्फत बताईएकाे छ ।


समाजबादी केन्द्र नेपालका कार्यबहाक महासचिव शुसिला बस्नेतले निकालेको बिज्ञप्ती मार्फत एमसिसिको खारेजी र पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धीको बिरोधमा नेपाल बन्द गर्न लागिएको बताईएको छ । नेपाल बन्दलाई सबैले सर्मथन गर्दै बन्द सफल पार्न सहयोग गर्न सबैमा आग्रह समसेत गरिएको छ ।