काठमाडौं ११ माघ ।

पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर