
राम प्रसाद सुवेदी, ९ फागुन ।
भारतमा आईएमइ ब्यबसाय गर्न सफल पहिलो नेपाली जोडी पुरन–प्रिती बनेका छन् । पर्यटकीय स्थलका रुपमा परिचित भारतको गोवा राज्यमा दाङका पुरन बियोग र प्रिती स्वर्णाकार महिना भरि दुख गरि कमाएको पारिश्रमिक नेपालमा रहेको घरपरिवार सम्म पठाउन निकै असहज हुने वातावरण देखिएपछि आफुअरु आईएमई ब्यबसायमा जोडिएको उनिहरुको भनाई छ ।
बिगत दश बर्ष देखि गोवामा आवात जावत गर्दै आएका र हाल तीन बर्ष देखि गोवामै बस्दै आएका युवा साहित्यकार पुरन वियोग र कलाकार प्रिती स्वर्णकारको जोडिले गोवामा कार्यरत नेपालीहरुले कमाएको पैषा नेपाल पठाउन निकै असहज हुने र एक दिन बिदा लिएर बैंकमा लाईन बस्न जानू पर्ने बाध्यता रहेको समय मै पैसा पठाउन नमिल्ने अवस्था रहेको साथै बैंकका कर्मचारी लगायत सुरक्षा गार्डको हेपाई प्रबृत्ति पनि सहनु पर्ने बाध्यता रहेको बेला आफूहरुले आईएमई संग जोडिएर गोवामा (पिबी मनि ट्रान्सफर) सञ्चालनमा ल्याएको बताएका छन् । गोवा राज्यमा नेपाली नागरिक करिव दुई लाख भन्दा बढि रहेको भारतिय सरकारी निकायको भनाई छ ।

पुरन प्रिती IME संग जोडिएर गोवामा मनि ट्रान्सफर सञ्चालन गर्ने पहिलो नेपाली हुन, वियोग बिगत एक दशक देखि साहित्य क्षेत्रको लेखन पेशामा छन आधा दर्जन भन्दा बढि गित बजारमा छन त्यस्तै उनका गजल मुक्तक समावेस गरिएका केहि पुस्तक पनि बजारमा पढ्न पाईन्छ भने प्रिती स्वर्णाकार बिगत एक दशक देखि नै रेडियो टेलिभिजनमा काम गर्दै आएकी छिन । नेपाल भारतमा हुने विभिन्न मेला महोत्सव हरुमा कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । प्रितीले अभिनय गरेका केहि टेलिसिरियल र आधा दर्जन जति गित गाएर बजारमा सार्वजनिक समेत गरेकी छिन् ।