
दाङ ९, फागुन ।
दाङमा ट्रकले मोटरसाइलाई ठक्कर दीदाँ एक जनाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–३ कुहिरे पानीका १९ वर्षीय अर्जुन खड्का रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दीनुभएको छ । खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ ।
सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दीएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


यसैबिच र्दुघटना स्थल तनाव ग्रस्त भएको छ । मृतक खड्काका आफन्त लगायत स्थानीयले उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै बिहानै देखि घोराही लमही सडक अबरुद्ध पारेका छन । सडक अबरुद्ध हुँदा सैयौ सवारीसाधन बाटोमै अलपत्र परेका छन् । यता दाङ प्रहरीले पीडित पक्ष र सरोकार वाला संग छलफल भैरहेको भन्दै केही बेरमै सडक खुल्ने बताएकाे छ ।