राम प्रसाद सुवेदी,७ फागुन । पश्चिम दाङको बबई गाउँपालिकाकाे हापुरेमा नेपाल राष्ट्रिय शिक्षक संगठन बबईको भेला सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन बबईका अध्यक्ष खिमबहादुर घर्तीको अध्यक्षता,बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्व पौडेलको प्रमुख आतिथ्यता एबंम ने. क.पा एमाले बबई गाउँ कमिटी अध्यक्ष जितबहादुर वलीको विशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हाे ।

कार्यक्रममा संगठनका पुर्व अध्यक्ष ,क्षेत्रीय अध्यक्ष , ने.शिक्षक महासंघक बबई का सचिव, संगठनका जिल्ला सदस्य,विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी शिक्षकहरुले आफू,आफ्नो पेशा,आफू कार्यरत शैक्षिक संस्था, भुगोल, वालवालिका,पठन पाठन, गुणस्तर ,दर्वन्दी,सरुवा,विकास र सुशासन संग सम्वन्धित जिज्ञासा अतिथि समक्ष राख्नु भएको र अतिथिहरुले प्रस्तुत जिज्ञासाहरु मेटाउनुका साथै प्रशिक्षनात्मक मन्तब्य राख्नु भएको थियो।

भेलाले संगठन विस्तार, सुधृढिकरण,संगठनको भवन निर्माण सहयोग संकलन लाई तिब्रता दिने आसन्न ने रा शि संगठनको जिल्ला अधिवेशन र बबईको प्रतिनिधित्व साथै शिक्षक महासंघ र जिल्ला तथा स्थानिय अधिवेशन र सहभागिता लगायतका विषयहरुमा छलफल र निर्णय समेत गरेकाे छ ।कार्यक्रमकाे सहजिकरण कोषाध्यक्ष वमवहादुर खत्रीले गर्नुभएको थियाे ।।

प्रतिक्रिया

सम्बन्धित खवर