
हापुरे ५ फागुन ।
बबई गाउँपालिकाका ६ वटा वडामा नेपाली कांग्रेस बबई गाउँपालिकाले औसधी बीतरण गरेको छ। नेपाली कांग्रेस बबई गाउँपालिकाका सभापती प्रकाश बस्नेतले कांग्रेस बबई गाउँपालिकाका वडा समीतीका शभापतीहरुको रोहबरमा वडा नम्बर १ बाहेक सबै वडाका स्वास्थ्य चौकी,प्रथामीक स्वास्थ्य केन्द्र मै पुगेर १२ हजार थान सीटामोल ट्याबलेट हस्तान्तरण गर्नुभएको नेपाली कांग्रेस वडा नम्बर ५ का सभापती युबराज कडेलले जानकारी दिनुभयो ।


नेपाली कांग्रेस बबई गाउँपालिकाका सभापती प्रकाश बस्नेतको सभापतीत्वमा भएको हस्तान्तरण कार्याक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचीव, पुर्ण बहादुर केसी,क्षेत्र नम्बर ३ ख का सचीव भद्र बहादुर खड्का, नेपाली कांग्रेस बबई गाउँपालिकाका सचिव खीमकान्त धीताल,उपसभापती पिमलाल केसी लगायतको उपस्थीती रहेको थियाे । कार्यक्रमको सहजीकरण सचीव गणेश केसीले गर्नुभएको थियाे ।