
रंगैजा ५ फागुन ।
पश्चिदाङको रगैजामा मोटरसाइकको ठक्करबाट एक व्यक्ति गम्भिर घाइते भएका छन् । पश्चिमबाट तुलसीपुर जादै गरेको लु ७६ प ८४२३ नम्बरको मोटरसाइकले शान्तिनगर ५ रगैजा बजारमा ठक्कर दिदा शान्तिनगर ६ सुण्डबरी निवासी ५७ बर्षीय मोहन के।सी रेग्मीे गम्भिर घाइते भएको इलका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । रेग्मीको दुई वटै खुट्टा भाचिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते रेग्मीलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।


दुर्घटनाबाट चालक पनि घाइते भएका छन् । घाइते चालक शान्तिनगर ३ पातेटाकुरा निवासी २५ बर्षीय मदन सापकोटाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तिब्र गतिका कारण माेटर साइकल अनियन्त्रित भएर साइकल डाे¥याउन लागेका व्यक्तिलाई माेटर साइकलले ठक्कर दिएको प्रत्यक्षको भनाई छ । घाइते रेग्मी नातीको साइकल बनाउन रगैजा बजार आएका थिए ।