
दाङ ४ फागुन ।
दाङमा एक जना हत्या अभियोगमा पक्राउ परेका छन् । हत्या अभियाेगमा शान्तिनगर ३ चिराघाटको बेलडाडा बस्ने १९ वर्षिय गोपाल मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई आफ्नै बाबु ६३ वर्षिय कर्ण बहादुर मगरलाई घरमा तरकारी काट्ने फलामको चक्कु प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनु भयो ।


मगरलाई उनकै घरबाट बुधबार करिव १ वजे प्रहरी चौकी चिराघाट र ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटेको टोलीले पक्राउ गरेको डिएसपी रिजालले बताउनु भयो । मगरले आफ्नै बाबुलाई धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । गाेपाल मगरलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेकाे बताएको छ ।