उहाका अनुसार बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादी, विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पाटी ,ऋषि कट्टेल नेतृत्व नेकपा , नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सयुक्त आयोजनामा देशव्यापी रुपमा आमहड्तालको घोषणा गरिएको उहाले बताउनुभयो । उहाले बुधवार विहान ५ बजेदेखी बेलुका ५ बजेसम्म सम्पुर्ण यातायात क्षेत्र, शैक्षिक संघसंस्था,बजार,कार्यालयहरु बन्द हुने बताउनुभयो । साथै आफुहरुको आन्दोलन प्रति एक्येबद्धता जनाई सहयोग गर्न उहाले सवैमा अपिल गर्नुभएको छ ।

यता जिल्ला प्रहरी कार्यालय दाङले भने भोली बुधवार हुने आम हड्तालको कुनै आधिकारिकता नभएको बताएको छ । विभिन्न संचार माध्यममा बन्दको समाचार आएको बताउदै आफुहरुलाई आधिकारिकता जानकारी नभएपनि यस बारेमा उच्च सर्तकता अपाउने दाङ प्रहरीले बताएको छ ।साथै आमहड्तालको पुर्व सन्ध्यामा तुलसीपुर बजारमा सयुक्त दलले मसाल जुलुसको आयोजना गरेको उहाले जानकारी दिनुभयो । तुलसीपुरको अरनीको मैदानबाट सुरु भएको मसाल जुलुस विरेन्द्रचोक हुदै जेसीजचोक सम्म पुगेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर