
राम प्रसाद सुवेदी ।
हापुर,१ फागुन ।
बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले गाउँपालिका भीत्रका लालपुर्जा बीहीनहरुले छीटै लालपुर्जा प्राप्त गर्ने बताउनु भएको छ । आज नेकपा एमाले वडा नम्बर ४ कमीटीको दोश्रो पुर्ण बैठकमा प्रमुख अतिथीको आशनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।


नेकपा एमाले वडा नम्बर ४ अध्यक्ष नारायण परीयारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला कमीटी सदस्यहरु प्रेम बहादुर खत्री र टंकराज बिक, क्षेत्रीय कमीटी सचिव टेक बहादुर वली, नेकपा एमाले बबई गाउँपालिकाका अध्यक्ष जीत बहादुर वली लगायतकाले बोल्नुभएको थीयो ।
नेकपा एमाले वडा नम्बर ४ का उपाध्यक्ष खिम बहादुर रोकाको स्वागत मन्तब्यबाट सरु भएको कार्यक्रममा नेकपा माओबादी परीतयाग गरी ३ जनाले नेकपा एमालेमा प्रबेस गरेको बताइएको छ। कर्यक्रमको सन्चालन सचीव जीवन वलीले गर्नुभएको थियो ।।