राम प्रसाद सुवेदी
हापुरे, १ फाल्गुन । उदाहरण समूह दाङको आयोजनामा दाङ साहित्य उत्सव सम्पन्न भएको छ । गत माघ २८ गतेदेखि भर्चुवल माध्यमबाट सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । उत्सवमा धेरैजसो बहसमूलक शीर्षकहरुमा केन्द्रित रहेको बताइएको छ। पहिलो दिनमा “पूँजिवादको अन्त्य”, “अस्तित्वको अन्तिम लडाइँ”, “आत्मसम्मानका लागि आँसु कि युद्ध” विषयहरुमा बहस भएको थियो, दोस्रो दिन “समावेशीताका अधुरो उँचाईं”, “प्रश्नहरुको घेरामा पाठशाला”, “कथामा पश्चिमको कथा” र “पृथ्वीको भोग र मानव सभ्यतामाथिको संकट” माथि बहसहरु भएका थियो भने अन्तिम दिन आज “दाङभित्रको दाङ”, “पश्चिममा पुस्तान्तरण”, “कलामा महिला” र रोजगारीको क्रममा विदेशमा बस्ने नेपाली कविहरुका कविता वाचनमा केन्द्रित “रेमिट्यान्स कविता” कार्यक्रमहरु रहेका थिए ।

 

कार्यक्रमहरुमा डा‍. अमर गिरी, शशिधर भण्डारी, अनिता पण्डित, डा।गोविन्द आचार्य, नविन विभाश, नयनराज पाण्डे, उषा हमाल, सत्यदेवी खड्का, गुरुप्रसाद कुमाल, उदय आले, टिकाराम उदाशी, नवीन अभिलाषी, विष्णु मगर, जितेन्द्रमान नेपाली, देविका घर्ती मगर, प्रमोद धिताल, सलोनिका न्यौपाने, राजेन्द्र खरेल, सरिता तिवारी, आस्था के।सी।, भूमिका श्रेष्ठ, भुपेन्द्र वली , लुनिभा तुलाधर, रिता साह र संगीत मगर सहभागी हुनुभएको थियो।

 

आजको कार्यक्रममा रेमेट्यिान्स कविता कार्यक्रम अन्तर्गत अमेरिका, जापान, कोरिया, अफ्रिका, अष्ट्रेलिया, पोर्चुगल, हङ्कङ मा रहने १८ जना कविहरुले आ–आफ्ना कविताहरु वाचन गर्नुभएको थियो ।विगत तीन वर्षदेखि साहित्य उत्सव सञ्चालन गर्दै आइरहेको उदाहरण समूह दाङले आगामी दिनहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रमका संयोजक घनश्याम अस्तित्वले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर