राम प्रसाद सुवेदी ,
हापुरे, १ फागुन  । शैक्षिक संस्थाहरु नियमित सन्चालनमा आए पछी बालबालिकाकाे मुहारमा खुसी देखीन थालेकाे छ। कोरोनाको तेस्रो लहरका कारण लामो समय देखि बन्द रहेका शैक्षिक संस्थाहरु आज देखि सञ्चालनमा आए पछि बिधार्थीहरु खुसी भएका छन् । कोरोनाको माहामारी केही कम् भएको र अधिकांस बिधालयका १२ देखि १७ बर्ष उमेर समुहका बिधार्थीहरुलाई कोरोना भाइरस बिरुद्धको पहिलो मात्रा खोप लगाईसकेकाले पनि बिधालय संचालनमा आएका हुन् ।

 

बबई गाउँपालिका वडा नम्बर १ का  बिभिन्न बिधालयहरुकाे निरिक्षणका क्रममा विद्यार्थीहरुकाे खुसी देखीएकाे गाउँपालिका शिक्षा शाखाका जितबहादुर केसीले बताउनु भयाे । गाउँपालिका भित्र ३४ वटा सामुदायिक र ७ वटा संस्थागत बिधालयहरुमा बिधार्थी र शिक्षकहरुकाे उत्साह जनक उपटस्थीमा पठन पाठन सुचारु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर