
२९ माघ । इन्डियन प्रीमियर लिग आईपिएल सिजन २०२२ का लागि शनिबार भएको अक्सनमा नेपालका क्रीकेटर सन्दिप लामिछाने बिक्री हुन सकेका छैनन । सन्दिपको सुरुवाती बोली ४० लाख बाट सुरु भएको थियो । तर सन्दिप लाई आईपिएलको कुनै पनि टिमले खरिद गरेन । यस भन्दा अघि दिल्ली क्यापिटलबाट खेलेका सन्दिपले राम्रो खेल प्रदशर्न गर्दै सबैको मन जित्न सफल भएका थिए । तर आगामी सिजनको आईपिएलका लागि भने उनी कुनै पनि टिममा सोल्ड हुन सकेका छैनन ।

