
तुलसीपुर, २८ माघ ।
तुलसीपुर उपमहागनरपालिको तुलसीपुरमा भएको आगलागीमा परेर मृत्यु भएकाहरुलाई राहत स्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ । तुलसीपुर उपमहागनरपालिकाको १० औं नगर सभाको प्रथम बैठकले तुलसीपुरको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा आगलागीमा परेर निधन भएका १२ बर्षका हसन बकस, १५ बर्षका मसीन बकस, ३७ बर्षका नजरदिन अलि, उनकी छोरी १३ बर्षकी सुजिता खातुन र ६ बर्षका छोरा आदिददिन अली प्रति दुःख व्यक्त गर्दै कृयाखर्च स्वरुप प्रति व्यक्ति एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।


साथै बैठकले ठूलो र अग्ला भवनहरुमा लागेको आगोलाई सजिलै नियन्त्रणमा लिनका लागि उच्च प्रविधिको दमकल खरिदका लागि बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ । तुलसीपुर उपहानगरपालिका प्रमुख तथा नगर सभा अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले भीमसेन शहरी स्वास्थ्य पवद्र्धन केन्द्रलाई खारेज गरेर तुलसीपुर भीमसेन मेट्रो हस्पिटल बनाउने निर्णय गरेको आर्थिक समितिका संयोजक माधव वलीले जानकारी दिनुभयो ।
त्यसैगरी नगर सभामा पेश गरिएका नगर प्रहरी विद्ययक २०७८ , अटो मोबाईल बनेको विद्ययक , स्थानयि बजार विद्ययक, सुशास ऐन २०७८ लगाएतका विद्ययकहरु सर्वसहमतिले पास गरेको छ ।