
हापुरे, २८ माघ ।
पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीको बिरोधमा ¥याली सहित कोण सभा गरिएको छ । सहयोगका नाममा नेपालका लागी घातक एमसीसी संसदबाट पारित हुने चर्चा चलिरहदा हापुरे सहित बिभिन्न ठाउँमा बिरोधका कार्यक्रमहरु भैरहेका छन् ।


कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले एमसीसी देशका लागी घातक कुरा भएकाले क्षणिक लोभमा लागेर नेताहरुले देश बेच्न नहुने बताएका छन् । एमसीसीले कुनै पनि हालतमा देशलाई अध्यारो तिर धकेल्ने भन्दै यस तर्फ नेताहरुको ध्यान जानु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै प्रमोद धितालले एमसिसि माछालाई बल्छीमा हालेको चारो जस्तै भएको र त्यो खाएर माछा मर्दा सम्म पनि थाहा नभएको जस्तो यस्को असर हुने बताउनु भएको छ ।
कार्यक्रममा आयोजकका कोषाध्यक्ष सागर सन्देश वली, भक्त डागी लगाएतले बोल्नु भएको थियो । न्यानोपनमा हाम्रो अभियानको आयोजनामा भएको कार्यक्रममा बबई गाउँपालिकाका यूवाहरुको सहभागिता रहेको थियो । अभियानका सह संयोजक मानबहादुर बंसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव रामबहादुर वलीले गर्नु भएको थियो ।