दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भिषण आगलागी हुदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा गएराती दुई बजेतिर भएको आगलागीमा परेर पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आगलागी हुदा घर भित्र फसेका पाँचजनाको मृत्यु भएको प्रहरीले बताएको छ ।हुसेन बक्सले संचालन गरेको उक्त पसलमा आगलागी हुदा मृत्यु भएकाहरु शव बाहिर निकाल्न समस्या भईरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

 

घटनामा बालबालिका सहित पाँचको शव रहेको र बाहिर निकाल्ने प्रयास भईरहेको उहाले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भर्यरहेको डिएसपी अर्यालले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाले बताउनुभयो । आगलागीका कारण मानविय संगै करोडौ मुल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर