
हापुरे ,२७ माघ ।
दंगीशरण गाउँपालिका वडा न। ४ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । विहीबार एक कार्यक्रमका बिच वडा भवनको उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्का वलीले संयुक्तरुपमा वडा भवनमा स्थापना गरिएको शिलालेख पढेर भवनको उद्घाटन गरेका हुन् ।


शिलालेखमा वडा अध्क्ष्य नेप बहादुर कवँरको कार्यकालमा वडाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । यस्तै वडा सदस्य कृष्णलाल चौधरी, देवराज रेउले, शुभद्रि चौधरी, विमला नेपाली र वडा सचिव प्रमोद गिरीको नाम उल्लेख गरिएको छ । वडा भवन निर्माणका लागि शिवशक्ति निर्माण सेवा शान्तिनगर २ दाङले जिम्मा लिएको थियो । वडाअध्यक्ष कवँरका अनुसार निर्माण कम्पनिले एक वर्ष १९ दिनमा निर्माण कार्य सम्पन्न गरि वडा कार्यालय हस्तान्तरण गरेको हो ।