राम प्रसाद सुबेदी ,२५ माघ ।
लालपुर्जा बितरण गर्दा बबई गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने राष्ट्रिय भुमि आयोगले आश्वासन दिएको छ । राष्ट्रिय भुमि आयोग संगकाे छलफलका क्रममा यस्ताे आश्वासन पाएकाे बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पाैडेलले बताउनु भयाे । छलफलमा बबई गाउँपालिकाका अध्यक्ष पाैडेल सहित प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला, सदस्य सचिव लगाएतकाे सहभागिता रहेकाे थियाे ।
ताहाचल काठमाडाैं स्थीत आयाेगकाे कार्यालयमा भएकाे लाल पुर्जा बितरण सम्वन्धि छलफलमा आयाेगका तर्फबाट छिट्टै जिल्ला समिति गठन हुने र बबई गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने  आश्वासन प्राप्त भएकाे बताईएकाे छ । छलफलमा  गाउँपालिकाकाे तर्फबाट अध्यक्ष  पाैडेल र प्रमुख प्रशासकीय अधिकृत मल्लले छिटोभन्दा छिटो लालपुर्जा बितरण प्रक्रिया  अगाडि बढाउन आयोग संग अनुरोध गर्नु भएकाे छ भने आयाेगका तर्फबाट छिट्टै जिल्ला समिति गठन गरि  बबई गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने  विश्वास ब्यक्त गरेकाे बताईएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर