
हापुरे २४ माघ ।
पश्चिम दाङको केन्द्र हापुरेमा शाखा रहेको लक्ष्मी लघुबित्त बित्तीय संस्थाले विमा क्षेतीपुर्ती हस्तान्त्रण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त रकम हस्तान्त्रण गरेको शाखा प्रबन्धक रोहित प्रसाद भट्टराईले जानकारी दिनु भएको छ । उहाँका अनुसार पशुपालनका लागी ऋण लिएका दंगिशरण ५ का कृषक राम कुमारी चौधरीको निधन भएपछि लघुबित्तले विमा वापतको ५ लाख २५ हजार रुपैयाँ मृतकका पति कुन्दन चौधरीलाई हस्तान्त्रण गरिएको हो ।


बचत, ऋण लगानी, रेमिटान्स लगाएतका सेवा दिदै आएको लघुवित्तले ऋणीहरुको विमा गरि लघुबित्तको समुहमा बस्ने सदस्यहरुको भविष्य सुरक्षीत गरेको शाखा प्रमुख भट्टराईको भनाई छ । शाखा प्रमुख भट्टराईले समुह सदस्यले ऋण लिदा बनाउने विमा भै परि आउने घट्नाको साहरा बन्ने भएकाले आफु र परिवारको भविष्य सुरक्षीत गर्न पनि विमा अनिवार्य गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै रकम हस्तान्त्रण कार्यक्रममा बोल्दै दंगिशरण ५ का वडा अध्यक्ष दिपक गौतमले लघुबित्तले ऋण लगानी गर्दा ऋणीको परिवारको भविष्यको सुरक्षाको लागी वनाएको विमा योजना सह्रानिय रहेको बताउनु भएको छ । उहाँले कार्यक्रममा बोल्दै विमा योजनालाई अझ सशक्त बनाउदै झन्जट मुक्त बनाउन आग्रह समेत गर्नु भएको छ । आफ्ना समुह सदस्यको उज्वल भविस्यका लागी थोरै प्रिमियममा विमा योजनालाई सञ्चालन गर्नु पर्ने समेत वडा अध्यक्ष गौतमले आग्रह गर्नु भएको थियो । रकम हस्तान्त्रण कार्यक्रमको सहजीकरण लक्ष्मी लघुबित्त हापुर शाखाकी कर्मचारी शिला जिसीले गर्नु भएको थियो ।