
याम प्रसाद बोेहरा,
हापुरे, २१ माघ ।
यो दृष्य बबई गाउँपालिका २ माथिल्लो ट्वाङखोलाको मुलपानी भन्ने ठाउँको हो । जुन दृष्यमा हामी देख्न सक्छौ केही महिलाहरु परम्परागत ऐतीहासीक ढिकीबाट धान कुटी रहेका छन् । एक जमाना थियो । पल्लाघर की काकी, माथिल्ला घरकी जेठीमा, तल्ला घरकी स्यानेकी आमा र मेरी आमा बिहान सबेरै ५ वजे उठेर परिम गर्दै धान कुट्नु पथ्र्यो । आधुनीक मिल थिएनन् त्यती बेला रत बिहान सबेरै उठेर ढिकीबाट धान कुट्नु पथ्र्याे ।
आमाले भुटेको मकै धोतीको पोल्टामा राखेर निकाल्दै चपाउदै ढिकीमा धान कुटेको मैलै पनि कैयौ पटक देखेको छु । कहिले काँही त म अल्छीलाई पनि त्यही ढिकीको ढकच्याँउ, ढकच्याँउले उठाएको छ । म सानो छदै हो । बिहानै जाँतोको ¥याई, ¥याई अनी ढिकीको ढकच्याँउ, ढकच्याँउ आवाज सुनिन्थ्यो, त्यसमाथी आमाले भुटेर राखेको मकैको खाजा वा मेरा दिन, त्यो जमाना थियो ।


अहिले त कहानी जस्तै लाग्छ ति दिनहरु सम्झिदा, आज मैले देखेको ढिकीले त्यही पुरानो दिन जुनकी, पल्लाघर की काकी, माथिल्ला घरकी जेठीमा, तल्ला घरकी स्यानेकी आमा र मेरी आमालाई संगै जस्तो कल्पना गर्ने अबसर जुटायो । हाई मेरा ति दिन, हाई मेरा वालापन अब कहाँ आउला र ? एका बिहानै जाँतोको ¥याई, ¥याई अनी ढिकीको ढकच्याँउ, ढकच्याँउ आवाज सुन्ने दिन, आज त त्यो भुटेको मकैको खाजाको पनि सारै याद पो आयो ।