
राम प्रसाद सुबेदी


हापुरे २१ माघ । दाङको बबई गाउँपालिकामा १२ देखि १८ बर्ष उमेर समुहका करिव साढे ३७ सय बालबालिकाले काेराेना बिरुद्धकाे पहिलाे मात्रा खाेप लगाएका छन् । सोमबार देखि सुरु भएको खोप कार्यक्रम अन्तरगत शुक्रबार सम्ममा जम्मा ३ हजार ७ सय ५६ जना बालबालिकाले कारोना भाइरस बिरुद्धको पहिलो मात्रा मोर्डना खोप लगाएका हुन ।
अस्पताल तथा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु बिधालयमै पुगेर खोप अभियान सञ्चालन गरेका थिए । शुक्रबार भएको खोप कार्यक्रममा हापुरे प्राथामिक अस्पतालले ११ पुरुष र १५ महिला गरि २६ जना, पुरन्धारा स्वास्थ्य चौकिले १०६ पुरुष र ८१ महिला गरि १ सय ८७ जना बालबालीकालाई बिधालयमै पुगेर कारोना भाइरस बिरुद्धको पहिलो मात्रा मोर्डना खोप दिएका छन् । गत साेमबार देखि सुरु भएकाे बालबालिकाकाे लागि खाेप कार्यक्रम आज देखि सकिएको छ ॥