हापुरे, १७ माघ ।
पश्चिम दाङको बबई गाउँपालिकामा १२ देखि १८ बर्ष उमेर समुहका करिव ४८ सय बालबालिकाहरुलाई मोर्डोना खोप दिन लागिएको छ। गाउँपालिकाका १२ बर्षभन्दा माथी र १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई मोर्डोना खोप लगाउने कार्यक्रम आज देखी सुरु भएको स्वास्थ्य शाखा उपप्रमुख सरदराज गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिलो चरणमा बबई गाउँपालिकाका ६ वटा बिद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाका माबि पदमपुर, माबि हंसपुर, माबि कौसिलापुर, माबि चरकमटिया र माबि गंगटे गरि जम्मा ६ वटा बिद्यालयलाई केन्द्र बनाएर खोप अभियान सञ्चालन गरेको बताईएको छ । यि ६ स्थानको कार्यक्रम सकिएपछि अन्य बिद्यालयमा खोप अभियान सञ्चालन गरिने पनि उहाँलो बताउनु भयो । बबई गाउँपालिकाका १२ देखी १८ वर्ष उमेर समुहका बालबालिकाका लागी जम्मा चार हजार आठ सय खोप आएको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर