हापुरे माघ १४ गते ।
पश्चिम दाङको बबई गाउँपालिकामा १२ देखि १८ बर्ष उमेर समुहका बालबालिकाहरुलाई मोर्डोना खोप लगाईने भएको छ। आउदो माघ १७ गते देखि १२ बर्षभन्दा माथी १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई मोर्डोना खोप लगाउने कार्यक्रम रहेको बबई गाउँपालिकाका स्वास्थ साखा उपसंयोजक सरदराज गिरिले जानकारी दिनुभएको छ ।

 

उहाँले बबई गाउँपालिकाका सबै वडाका सम्बन्धित उमेर समुहका ब्यक्तिहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप लगाउन अनुरोध गर्नुभएको छ । पछिल्लो समय कोरोना संक्रमणबाट बच्ने एक मात्र उत्तम उपाय खोप नै रहेको भन्दै सबैलाई खोप कार्यक्रममा सहभागी बन्न पनि गिरिले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर