
राम प्रसाद सुबेदी, हापुरे १३ माघ ।
बबई गाउँपालिकामा कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सञ्चालनमा आएपछि गाउँपालिकाका महिलाहरु सामुहिकरुपमा कृषित तथा पशुपालन गरिरहेका छन् । गाउँपालिका र हेफर प्रोजेक्टको संयूक्त लगानीमा सञ्चालनमा आएको परियोजनाले बबई गाउँपालिकाका महिलाहरुलाई समुह मार्फत आत्म निर्भर बनाउने बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सोही अनुसार गाउँपालिकाको विभिन्न स्थानमा सिड्लेस किम्बुको नर्सरीका लागी बिरुवा रोपिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सम्झना महिला कृषि समुहमा दश हजार विरुवा, वडा नम्बर ६ को लालिगुँरास महिला कृषि समुहमा दश हजार विरुवा, वडा नम्बर ४ को उद्यमशिल स्वावलम्बी समुहमा पन्ध्र हजार विरुवा, वडा नम्बर ३ को समृद्धि महिला कृषि समुहमा दश हजार विरुवा, र वडा नम्बर १ को नवज्योति महिला कृषि समुहमा पाँच हजार विरुवा गरि करिव पचास हजार किम्बुको बोट रापेर नर्सरी स्थापना गरिएको छ ।
परियोजना अन्तरगत समुह मार्फत पशुपालन गरिरहेका कृषकहरुलाई घाँसमा आत्म निर्भर गराई पहुपालनमा प्रेरित गर्न किमुका विरुवा रोपी नर्सरी निर्माण गरिएको हेफर प्रोजेक्ट बबईका संयोजक हिमाल खड्काले बताउनु भएको छ । नर्सरीमा घाँस उत्पादन सुरु भएपछि पशुपालनमा लागका कृषकहरुलाई घाँसमा समस्या नआउने उहाँले बातउनु भयो ।