राम प्रसाद सुबेदी ।

हापुरे माघ १३ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिपक गिरिले पश्चिम दाङका विभिन्न स्थानमा मृत्युबरण गरेका नेपाली कांग्रेसका कार्यकर्ता प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पुर्व मन्त्री गिरी बिहिवार मृतकका घरमै पुगेर मृतक प्रति श्रद्धाञ्जली संगै परिवार जनमा समबेदना प्रकट गर्नुभएको नेपाली काङ्ग्रेस बबई गाउँपालिका वडा नम्बर ४ का सभापति झुपलाल बुढा क्षेत्रीले जानकारी दिनुभयाे ।

गिरीले पश्चिम दाङको शान्तिनगर गाउँपालिकाकाे वडा नम्बर पाँच , बबई गाउपालिकाकाे वडा नम्बर दुई ,तीन,चार र छ का विभिन्न स्थानमा पुगेर परिवारका सदस्यकाे मृत्यु भई दुखमा रहेका परिवारलाई भेटेर समबेदना प्रकट गर्नुभएको हाे । भेटघाट कार्यक्रममा पुर्व मन्त्री गिरी संगै, नेपाली काङ्ग्रेस महासमिति सदस्य केशव आचार्य, क्षेत्रीय सभापति द्वय जगत खड्का, खिम बहादुर केसी लगायतको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर