
दाङ, ११ माघ ।
दाङमा मंगलबार थप ८८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनाको पिसिआर परिक्षण गर्दा ३१ जना र विभिन्न ठाउँमा ९० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा घोराहीका ६५ जना, तुलसीपुरका ८ जना, लमही र दंगिशरणका ४÷ ४ जना, बंगलाचुुलीका २ जना, शान्तिनगर, गढवा र राप्तीका एक एक जना र जिल्ला बाहिरका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।


यसैविच मंगलबार १५ जना कोरोना मुक्त भएका छन् । घोराहीका ८, गढवा र दंगिशरणका तीन तीन र तुलसीपुरका एक जना कोरोना मुुक्त भएका हुुन् । दाङमा अहिले सकृय विरामीको संख्या ४ सय ३६ जना रहेको छ ।
उनिहरु मध्य घरमा ४ सय २६ जना, आईसीयुुमा ७ जना र अक्सिजन सहितको उपचारमा ३ जना रहेका छन् । गएको बैशाख यता कोरोना संक्रमितको संख्या १० हजार २ सय ७३ पुुगेको छ । ति मध्य ९ हजार ६ सय १८ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युुभएको छ ।
देशभार १२ हजार संक्रमित थपिए
नेपालमा मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार १ सय ३ पीसीआर परीक्षणमा ९ हजार ४ सय ३२ र सात हजार ८ सय ६ एन्टीजेन परीक्षणमा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ । २ सय ४५ जनाको आईसीयू र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मंगलबार ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । पछिल्लो पटक २ लाख ३९ हजार ८ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।