राम प्रसाद सुबेदी                                                           हापुरे पौष २९ गते। पश्चिम दाङको बबई गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टा मा ५ जनामा परिक्षण गर्दा गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ का ४ जनामा कोरोना संक्रमण देखिएको बबई गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख शरद राज गीरीले जानकारी दिनुभयाे । गरिका अनुसार बबई गाउँपालिका द्घारा संचालित हापुरे प्राथामिक अस्पतालमा एन्टिजेन बिधीबाट २ जनाको कोरोना परीक्षण गर्दा १ जनामा र पञ्चकुले हेल्थपाेस्टमा ३ जनाकाे परिक्षण गर्दा ३ जनामै संक्रमण देखिएकाे हाे। हापुरे प्राथामिक अस्पतालमा गरिएकाे परिक्षणमा वडा नम्बर ४ का २० बर्षका पुरुष मा र पञ्चकुले हेल्थपाेस्टमा गरिएकाे परिक्षणमा वाडा नम्बर ७ की २१ बर्षकि महिलामा तथा ३१ बर्ष को पुरुषमा र वडा नम्बर ६ की २८ बर्षकी महिलामा संक्रमण देखिएकाे हाे । याे संगै गाउपालिका भित्र सक्रिय संक्रमितकाे संख्या ७ जना पुगेकाे र संक्रमीत सबै होम आइशुलेसनमा रहेको गीरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर