
राम प्रसाद सुबेदी
हापुरे पौष २८ गते। पश्चिम दाङको बबई गाउँपालिकामा पनी कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाको वडा नम्बर ४, ५, र ६ का ३ जनामा कोरोना संक्रमण देखिएको हो । बबई गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख शरद राज गीरीका अनुसार गाउँपालिकाको वडा नम्बरकी ४ एक महीला, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ६ की एक महीलामा संक्रमण देखिएको हो ।
बबई गाउँपालिका द्घारा संचालित हापुरे प्राथामिक अस्पतालमा एन्टिजेन बिधीबाट ३ जनाको कोरोना परीक्षण गर्दा वडा नम्बरकी ४ की एक महीला र वडा नम्बर ५ का एक पुरुषमा संक्रमण देखीएको हो भने वडा नम्बर ६ की एक महीलामा भने छिमेकी मुलुक भारतबाट फर्कीने क्रममा नेपालगंन्ज नाकामा परीक्षण गर्दा संक्रमण देखीएको हो । संक्रमीत सबै होम आइसोलेसनमा रहेको गीरीले जानकारी दिनुभयो ।।

