
शान्तिनगर २७ पुस । दाङको शान्तिनगर गाउँपालिका वडा नंं. ६ ले माघी विशेष थारु सांस्कृतिक सामाग्री वितरण तथा महटवालाईं सम्मान गरेको छ । आज एक कार्यक्रमका विच वडा भित्रका ७ जना महटवालाई सम्मान तथा सांस्कृतिक सामाग्री वितरण गरिएको हो । थारू समुदायको लोप हुन लागेको संस्कृतलाई संरक्षण गर्नको लागि विभिन्न किसिमका बाजा, र उनीहरूको पहिरन समेत हस्तान्तरण गरिएको थियो ।


वडा अध्यक्ष रवि बुढाथोकवी अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गहेन्द्र गिरीले कुनै पनि जातजातिको कला र संस्कृति संरक्षण गर्नुपर्ने बताए । माघी विशेष सांस्कृतिक सामाग्री बितरण तथा मटहवा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य गिरीले लोप हुन लागेको कला संस्कृति संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि डाँगी गाउँपालिकाले कला संस्कृति संरक्षण गर्नको लागि विभिन्न किसिमको काम गर्दै आएको र आगामी दिनहरूमा पनि काम गर्दै जाने प्रतिवद्धता व्यक्त गरे