राम प्रसाद सुबेदी
हापुरे पाैष २७ गते । पश्चिम दाङको बबई गाउँपालिकाकाे हापुरे बजारमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहाकाे ३०० ओैं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । न्यानाे पनमा हाम्रो सहयाेग अभियानकाे आयाेजनामा भएको कार्यक्रममा स्थानीय युवाहरू,विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार र स्थानीय बासिकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रममा दिप प्रज्वलन संगै राष्ट्र निर्माता पृथ्वीनारायण शाहाकाे याेगदानकाे बारेमा चर्चा गरिएको थियाे । कार्यक्रममा ने क.पा एमाले बबई ४ का अध्यक्ष नारायण परियार, नेपाली कांग्रेस बबई गाउँपालिकाका नि बर्तमान सभापति बल बहादुर बुढा, रेडियो हापुरेका कार्यालय प्रमुख राम प्रसाद सुबेदी लगायतकाले बाेल्नु भएको थियाे ।

न्यानाे पनमा हाम्रो सहयाेग अभियानका संयाेजक देब बहादुर वलीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे ब्यबस्थापन अम्मर भुसाल,विशाल बंसि,थम्मन खाम्चा, नरबहादुर सुनार याम प्रसाद घिमिरे लगायतकाले गर्नु भएको थियो भने कार्यक्रमकाे सहजिकरण न्यानाे पनमा हाम्रो सहयाेग अभियानका अभियान्ता राम बहादुर वलीले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर