
हापुरे २६ पुस ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोग दलितहरु अपहेलित भएको महसुस गर्ने अबस्थाको अन्त्य गर्न तर्फ केन्द्रित भएको बताउनु भएको छ । बबई गाउँपालिकामा भएको दलित अघुवाहरु संगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बिश्वकर्माले यस्तो बताउनु भएको हो । उहाँले अहिले सम्मको अध्ययनले दलितहरुको नाम पछाडीकोे थरले आफु अपहेलित भएको महसुस गर्ने गरेको बताउदै आयोगले थर परिवर्तनलाई केन्द्रमा राखेर राज्यको निती बनाउन तर्फ लागेको बताउनु भयो ।

जिल्ला प्रसाशन कार्यालयबाट अहिले पनि दलित हरुको थर परिवर्तन हुने गरेको तर त्यो प्रक्रिया झन्जटिलो भएको भन्दै आयोगका अध्यक्ष विश्वकर्माले थर परिवर्तनको प्रक्रियालाई सहजरुपमा प्राप्त गर्ने वातावरण निर्माण गर्न तर्फ आयोग केन्द्रित रहेको समेत बताउनु भयो ।
आयोगका अध्यक्ष विश्वकर्माले दलितले थर परिवर्तन गर्न पाउने कानुन ब्यबस्था भएपनि अहिले सम्म दलितले चाहे अनुसारको थर राख्न पाउने गरि कानुन निर्माण नभएकाले सरकारलाई त्यस तर्फ सचेत गराएको बताउनु भयो । सोहि प्रसंगमा अध्यक्ष विश्वकर्माले समावेशी आयोगका अध्यक्ष संगको सहकार्यमा दलितहरुले चाहे अनुरुपको थर परिवर्तन गर्न पाउने ब्यबस्था बनाउन आयोगले परार्मष गरेको बताउनु भयो । दलितहरुको तिन पुस्ते थर परिवर्तन भए मात्र अपहेलित भएको महसुस कम हुने कुरा तर्फ ईंगित गर्दै उहाँले तिन पुस्ते थर परिवर्तनका लागी कानुन बनाएर त्यसको कार्यान्वयनमा लागि पर्ने बताउनु भएको छ ।
त्यस्तै अध्यक्ष विश्वकर्माले दलित आयोग अहिले कानुन निर्माणको चरणमा भएकाले सोचे अनुरुपको प्रतिफल आउन समय लाग्ने बताउनु भयो । यस अघिका आयोगहरु बिकासे कार्यालय जसरी वजेट ब्यबस्थापन गरि सामाजिक विकासका कार्यमा लाग्ने गरेकाले अहिले पनि मानिषको आकंक्षा सोहि अनुसारको भएको बताउदै अहिलेको आयोगले निती निर्माणलाई केन्द्रमा राखेर काम गरिरहेकाले यसको प्रतिफल केही ढिला आउने बताउनु भएको छ । उहाँले निती निर्माणको कार्य सम्पन्न भएपश्चात दलितहरुको सामाजिक विकासमा लाग्ने बताउनु भयो ।
दलितहरुको जिवनस्तर उठाउन दलित आफुलेनै कडा संघर्ष गर्नु पर्ने बताउदै समाजमा स्थापित हुन स्वयम आफु नै शसक्त हुनु पर्ने बताउनु भयो । कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा, गाउँपालिका प्रवक्ता टंक विश्वकर्मा, राष्ट्रिय दलिच पत्रकार संग दाङका सचिव अर्जुन परियार, नेकपा एमाले बबई ४ का वडा अध्यक्ष नारायण परियार, दतिल अघुवा सन्तराम सुनार लगाएतकाको सहभागीता रहेको थियो ।।