याम प्रसाद बोहरा, हापुरे २३ पुस ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनिया दाङले आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाको २१ औ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वाङ्खेसाल प्यूठान स्थित फैजुल ईस्लाम मदरसाका ६० जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेकोे हो ।
शिक्षक अभिभाभवक संघकी अध्यक्ष सकुन्तला कार्कीको अध्यक्षता एबं सरुमारानी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्दराज शर्माको प्रमुख आतिथ्यतामा उक्त सामाग्री वितरण गरिएको हो ।

विद्यालयकी प्रधानाध्यापक सरिता रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, संस्थाको लुम्विनी प्रदेश प्रमुख मधुराम खत्री, सिसहनिया शाखाका शाखा प्रमुख आन्नद आचार्य लगायतले बोल्नुभएको थियो ।

शाखा कार्यालय प्यूठानका शाखा प्रमुख सुर्दशन पुडासैनीले सहजीकरण गर्नुभएको कार्यक्रममा सरुमारानी गा.पा वडा नं १ का वडा सदस्य मोहम्मद जिव्राईल, राप्ती चेम्वर कमर्श सिसहनियाका अध्यक्ष कुमार अधिकारी, कमर्शका प्रेश सल्लाहकार ओमप्रकाश गुप्ता, स्थानिय बुद्धिजीवि कृष्णबहादुर थापा, हमित शाह लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर