तुलसीपुर, २२ पुष ।

तुलसीपुरमा बिहीबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर मेट्रो हस्पिटलमा एक सय ४२ जनामा गरिएको कोरोना परीक्षण गर्दा गुरु जजुर नमुना उमावि रक्षाचौरमा एकजना शिक्षक, १० जना विद्यार्थी, मावि सेन्टर स्कुलमा एकजना शिक्षक, एकजना कार्यालय सहयोगी र १३ जना विद्यार्थी , जनता संस्कृत माध्यामिक विद्यालयमा १ एकजना, स्वास्थ्यकर्मी ७ जना र अन्य कन्ट्याकमा रहेका ११ जनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्ससन बिमल केसीले जानकारी दिनुभयो ।

ठूलो संख्यामा कोरोना देखिएपछि गुरु जजुरु मावि बिहीबारदेखि ५ दिनका लागि बन्द गरिएको छ । सम्भवत मावि सेन्टर स्कुलपनि शुक्रबारदेखि बन्द गरिने तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो । बुधबारमात्रै अश्वारा उच्च माध्यामिक विद्यालय बन्द गरिएको थियो ।

तुलसीपुरमा पाँच दिनको अवधिमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मावि अश्वारामा १०जना, जनता संस्कृतमा २ जना र राप्ती बाल एक्याडेमीमा पनि २ जनामा कोभिड पुष्टि भएको थियो । त्यसैगरी ओमिक्रोनको संकामा २० जना को स्वाब नेपालगंज पठाइएको छ । कोभिड परीक्षणका लागि अस्पतालमा आईपुगेका मध्य संकास्पद २० जनाको स्वाब नेपालगंज पठाइएको फोकल पर्सन केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर