
दाङ २२ पुस ।
नेकपा एमालेको दाङ सहित देशभरका जिल्लाहरुमा भाेली शुक्रवार जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशनको अध्यक्ष केपीशर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट अधिवेशनको भर्चुअल उद्घाटन र सम्बोधनगर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेसँगै जिल्लाका अधिवेश औपचारिक रुपमा सुरुवात हुने छन् ।


दाङ जिल्लाको १३ औं जिल्ला अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा हुने भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचिन गर्ने छ । अधिवेशनबाट १२१ जना निर्वाचित हुने र १० जना मनोनित गरेर १३१ सदस्यीय जिल्ला कार्य समिति हुने एमाले दाङले जनाएको छ । अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको एमाले दाङले जनाएको छ ।
जिल्ला नेतृत्व सर्वसमत चयन गर्ने एमाले दाङले जनाएको छ । ‘सवै वर्ग र भुगोल मिलाएर सर्वसमत नेतृत्वचयनको कामहुने छ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भन्नुभयो । अधिवेशन सपन्नगर्न एमाले दाङले विभिन्न उपसमिति गठन गरेको थियो ।
एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिती, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक व्यवस्थापनउपसमिती ,प्रतिनिधि व्यवस्थापन उपसमिती, स्वयं सेवक तथा मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा आवाश व्यवस्थापन, साँस्कृतिक र प्रचार प्रशार उपसमिती निर्माण गरेको थियो । ‘सवै उपसमितिले काम सम्पन्न गरेका छन’ सचिव बुढाथोकीले भने । उनकाअुनसार शुक्रवार विहान ११ बजेदेखि अधिवेशनको उद्घाटन कार्यक्रम शुरु हुने छ । अधिवेशनमा शुभकामना दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली जिल्ला आउनुभएको छ ।
दाङ ज्ञवालीको गृह जिल्ला समेत हो ।अधिवेशनलाई व्यवस्थित बनाउन ठुलो संख्यामा स्वयसेवक परिचालन समेत गरिएको छ । त्यसैगरेर घोराहीबजार क्षेत्र सजाउने काम समेत भएको छ ।
अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागिहुने छन् एमाले दाङले पुस १७ गते जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम गरेको थियो ।