राम प्रसाद सुबेदी, हापुरे २१ पुस ।

बबई गाउँपालिकाको गंगटेमा पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जाल्पा सामुदायिक लघुबित्त बित्तीय सस्थाको आयोजनामा एक दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिबिरमा २ सय बढी स्थानीयले ५ सय बढी पशुको स्वास्थ्य उपचार गराएका थिए । लघुबित्तको समुहमा संलग्न रहेका तथा संलग्न नरहेका स्थानीयले पशुको उपचार गराएका थिए स्थानीय कृषकका बाख्रा, बोका, गाई, गोरु तथा बंगुरको उपचार गराएका लघुबित्तका लुम्बिनी प्रदेश प्रमुख पवन योगीले जानकारी दिनुभएको छ । लघुबित्तले पहिलो पटक गंगटेमा पशु स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
पशु प्राबिधिक हिमाल गोराथोकी र अनिल चौधरीले पशुको उपचार गर्नुभएको थियो । कार्यक्रममा प्रदेश प्रमुख योगी, अधिकृत अनिल अधिकारी, हापुरे शाखा प्रमुख कमला नेपालीको सहभागीता रहेको थियो । लघुबित्तले आफ्नो नियमित कार्यक्रम अन्तर्गत पशु स्वास्थ्य शिबिर सञ्चालन गरेको प्रदेश प्रमुख योगीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर