
१
जिवन भरको सहयात्री वनी आएकी छिन श्रीमती
मात्र तिमि भन्दै भित्र हराएकी छिन श्रीमती
सकेजती इज्जत र प्रेम देउ पत्नीलाइर्,
घर छोडेर पराया घर धाएकी छिन श्रीमती ।।
२
त्यो बेला, उनको मायाँँ विछट्टै लाउथ्यो, साथी
भेट नहुँदा उनकै याद मनभरी छाउथ्यो साथी
कक्षा कोठामा यताउता हेर्दा उनलाई नदेखेसी,
बेहोसीमा बर्बराउदै उन कै नाम आउथ्यो साथी ।।


३
यो मायाँले त्यो मन छुन्छ कि छुन्न होला,
अत्यासले, त्यो मन रुन्छ, कि रुन्न होला,
भेट नभएको पनि दुई दिन जती भैसक्यो,
मलाई जस्तै छट्पट्टी उता हुन्छ कि हुन्न होला ।।
यी रचना याम प्रसाद बोहराका हुन । बोहरा बबई गाउँपालिका ३ हंसपुर बस्छन् । पेशाले लघुबित्तमा काम गर्ने बोहरा २०७२ साल देखी करिब २०७५ सम्म रेडियोमा समेत काम गरे । उनले पश्चिम दाङको एक मात्र रेडियो, रेडियो हापुरेमा लामो समय बिभिन्न कार्यक्रम र समाचारमा काम गरेका हुन ।
पेशाले बैंकमा काम गर्ने भए पनि साहित्य सृजनामा रुची राख्ने बोहराले साहित्यको मुक्तक बिधामा कलम चलाई रहेका छन् । बिभिन्न समयमा रचना गरेका उनका मुक्तकहरु हापुरे खबर डटकमले प्राथमिकताका साथ प्रकाशित गरिरहेको छ ।