
पुस, २१ दाङ ।
बबई गाउँपालिकाको दशौँ गाउँसभा आजदेखि सुरु भएको छ । गाउँपालिकाले हिउदे अधिबेशनका रुपमा दशौँ गाउँसभा आजदेखि सुरु गरेको हो ।


बर्षे अधिबेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानून, नियम तथा बिधेयक पास गर्न गाउँपालिकाको दशौँ गाउँसभा सुरु भएको हो । पहिलो दिन आज बिधायन समितिका संयोजक महाबीर चौधरीले बबई गाउँपालिकाको भूमि बिधेयक प्रस्तुत गर्नुभएको थियो ।
सभामा प्रस्तुत भएको बिधेयकलाई सभाले संशोधनसहित पास गरेको छ । अन्य बिधेयक तथा कार्यक्रम पास गर्नका लागि दशौँ गाउँसभाको अर्को बैठक माघ २ गतेका लागि बोलाइएको छ । स्थानीय तहमा जनप्रतिनीधि निर्बाचित भएपछि यो सभा अन्तिम सभाका रुपमा रहेको छ ।