राम प्रसाद सुबेदी, हापुरे १९ पुस ।

जेष्ठ नागरीक संघ बबईको बैठक दाङको बबई गाउँपालिको हापुरेमा सम्पन्न भएको छ । जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिबलाल भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा जेष्ठ नागरीक संघ दाङ जिल्ला सदस्य चन्द्र बहादुर वली,जेष्ठ नागरीक संघ बबईका ७ वटै वडाका वडा सभापती, जेष्ठ नागरीक संघ बबईका पदाधीकारी र सदस्यहरु गरी ३० जना जेष्ट नागरीकहरुको सहभागीता रहेको थीयो ।

बैठकले जेष्ट नागरीक संघ बबईको भवन निर्माण गर्न आर्थीक सहयोगका लागी बबई गाउँपालिकालाई तथा, जग्गा ब्यबस्थापनका लागी बाघमारे सहकारी संस्थालाई अनुरोध गर्ने निर्णय गरेको जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिबलाल भुसालले जानकारी दिनुभयो ।

साथै संघले तत्काल कार्यालय सन्चालनका लागी बबई ५ मा कोठा भाडामा लीने,बैठक बस्न तथा भेटघाट गर्न सहज होस भन्दै आवश्यक भौतीक सामाग्री खरीद गर्न बबई गाउँपालिका संग रकम माग गर्ने निर्णय गरेको छ। साथै तीर्थ भ्रमणका लागी देबघाट, लुम्बीनी, र पोखरा जान ५१ जना जेष्ट नागीकको लागी रु १ लाख पचास हजार रुपैया बबई गाउँपालिका संग माग गर्ने समेत निर्णय गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर