
राम प्रसाद सुबेदी, हापुरे १९ पुष ।
बबई गाउँपालिका वडा नम्बर ५ बबरपुरमा रहेको जनता आधारभूत बिधालय बबरपुरको बिद्यालय ब्यबस्थापन समीतीको अध्यक्षमा मनकुमारी परियार बिजयी हुनुभएको छ । ब्यबस्थापन समीतीको नयाँ नेतृत्वका लागि आज भएको निर्बाचनमा ११४ मत प्राप्त गरी परियार बिजयी हुनुभएको हो । उहाँकी नीकटतम प्रतिद्धन्दी नोखीकुमारी डाँगीले ७५ मत प्राप्त गर्नु भएको छ ।


निर्वाचित परियार नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसको साझा उम्मेदवार हुनुहुन्थ्यो भने डागी नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । यसअघि दुई सदस्य सर्बसम्मत चयन भएका थीए । नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म मतदान भएको थियो । जम्मा २३२ मतदाता भएको निर्वाचनमा २२३ मत खसेको थियो । जस मध्य ३४ मत बदर भएको मतदान अधिकृत जितबहादुर केसीले जानकारी दिनु भएको छ ।