
अध्यक्षमा पुनः खत्री चयन
हापुरे, १७ पुस ।
बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको बबरपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको चौथो साधारणसभाले ज्ञानबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सस्थाको आज सम्पन्न चौथो साधारणसभाले खत्रीको अध्यक्षतामा पुरानै कार्यसमितिलाई पुन ः अनुमोदन गरेको हो ।


सस्थाका अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारणसभामा बोल्ने बक्ताहरुले मुहानदेखि मुखसम्म स्वच्छ खानेपानी बितरणमा सस्थाले दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले सस्थाको बिकासका लागि राजनीतिक खिचातानी बन्द हुनुपर्ने बताउनुभयो ।
स्थानीय रुपमा रहेका खानेपानी सस्थाको बिकासका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै अध्यक्ष पौडेलले यसका लागि सस्थालाई गुरुयोजना निर्माण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बबई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष डम्बरबहादुर सिरिस मगर, खानेपानी डिभीजन कार्यालय दाङका अशोक शाहले बोल्नुभएको थियो ।
यस्तै कार्यक्रममा कुलबहादुर खड्का, डिल्लीबहादुर भण्डारी, रमेश सुनार, निमबहादुर डाँगी, सोभीकुमारी खड्का, नरबहादुर खत्री, तिलकराम भण्डारी, प्रेमबहादुर खड्का, तारादेबी भण्डारी, लिलाबहादुर भण्डारी, पर्साराम वलीले बोल्नुभएको थियो । कार्यक्रममा सस्थाका सचिब रुपलाल भण्डारीले प्रगति र आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सबैभन्दा बढी महसुल तिर्ने निमबहादुर डाँगी, पूर्णबहादुर खड्का, सबैभन्दा कम महसुल तिर्ने तराप्रसाद वली, रुपा खड्का यस्तै अनुशासित उपभोक्ता माया बुढा, तारा बुढा, हर्कबहादुर बिक, साबित्रा सुनार, सबैभन्दा पहिलो खानेपानी मिटर जडान गर्ने उपभोक्ता बिरबहादुर पुन, सस्थापकहरु रामबहादुर खत्री, शालिकराम पौडेल, तिलकराम भण्डारी, डण्डबीर खत्रीलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सस्थाका उपाध्यक्ष धर्मबहादुर सेर्पाइलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचिब रुपलाल भण्डारीले गर्नुभएको थियो ।